माघ २४, याङ्वरकफोकस / नायक, गायक, संगीतकार तथा मोडल कुशल थलङले नयाँ गीत “आनाकानी किन हो ठुली” लिएर आएका छन् । भिडियो कुशल थलङ युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतकार रोशन थलङको शब्दमा थलङले संगीत र स्वर भरेका हुन् । अशोक लोहरुङ राईको एरेन्ज रहेको छ ।

भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बु थेबे, रोयल लिम्बु, करिश्मा क्षेत्री, कृति मिभक र सबनम राईको अभिनय रहेको छ । दिनेश माङ्मुको निर्देशनमा रहेको भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले छायांकन र अनिल रानाले सम्पादन गरेका हुन् । सोम मगरातीको श्रृङ्गार रहेको छ । पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फेले गरेका हुन् ।

भिडियोमा भाईहरुले विवाह गरिसक्दा पनि आफ्नो विवाह नहुँदाको पीडा र गलफ्रेण्डले आनाकानी गरेको बिषयलाई रोमाञ्चक ढङ्गले प्रस्तुत गरिएको छ ।

“आनाकानी किन हो ठुली” भिडियो

प्रतिक्रिया लेख्नुहोस्