माघ २४, याङ्वरकफोकस / प्रतिभाशाली नवगायक मिथुन तुम्बापो लिम्बुको पहिलो गीत “तिमि जाने बाटो” सार्वजनिक गरिएको छ । भिडियो नीलम कृयशन युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

चर्चित गीतकार नीलम आङबुहाङ राईको शब्द रचनामा बिक्रम राईले संगीत कम्पोज रहेको छ । सो गीतमा पुरुषत्तोम सुवेदीको एरेन्ज रहेको छ ।

भिडियोमा किरण श्रेष्ठ र सुजता थुलुङ राईको उत्कृष्ट अभिनय देख्न सकिन्छ । व्यस्त निर्देशक भुपेन्द्र तुम्बाहाङ्फेको छायांकन साथै निर्देशनमा बनेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

वैवाहिक जोडिको प्रेम, स्नेह र बियोगलाई भिडियोमा प्रस्तुत गरिएको छ ।

“तिमि जाने बाटो” भिडियोमा

पाँचथर चोकमागुका नवगायक तुम्बापो हाल वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरियामा कार्यरत छन् ।

प्रतिक्रिया लेख्नुहोस्