लिम्बुवान आन्दोलनका दुई कृयाशिल संगठनहरुको समायोजन सम्पन्न 

माघ २९  बिहिबार

लिम्बुवान आन्दोलनका दुई कृयाशिल संगठनहरु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च नेपाल र संघीय लिम्बुवान पार्टी नेपालविच समायोजन कार्यक्रम सम्पन्न भएको छ । विहिबार पाँचथरको फिदिमस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न एक भेलाको आयोजना गरि समायोजन गरिएको हो ।

समायोजनमा संघीय लिम्बुवान मञ्च,नेपालको तर्फबाट वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा वार्ता समितिका संयोजक ज्ञानबहादुर गुरुङ,सदस्यद्वय संगम खनाल र दिलकुमार लावती उपस्थित थिए भने संघीय लिम्बुवान पार्टी नेपालको तर्फबाट केन्द्रिय उपाध्यक्ष तथा वार्ता समिती संयोजक रामकुमार लिङ्देन,वार्ता समिती सदस्यद्वय सिङहराज नेम्बाङ र क्याप्टेन सुरेन्द्रप्रकाश जबेगु थिए । संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय पदाधिकारीहरुलाइ केन्द्रको तत्स्थानमा र जिल्ला,नगरपालिका,गाउँपालिका र वडामा समेत तत्स्थानमै जिम्मेवारी प्रदान गरिएको जिल्ला अध्यक्ष सागर केरुङ्ले बताए ।

प्रतिक्रिया लेख्नुहोस्