फागुन १, याङ्वरकफोकस / गीतकार आर बि योङ्हाङ्को शब्दमा रहेको “आमाको माया” नामक गीतको म्युजिक भिडियो छायांकन सम्पन्न गरिएको छ । शनिबार पान्थरको साधुटार, लब्रेकुटी, पौवा, राँकेे लगायत इलामको आमचोक साथै विभिन्न रमणीय ठाउँमा छायांकन सम्पन्न भएको हो ।

उक्त गीतमा राकेश ओलिको संगीत र कृष्णभक्त राईको आवाज रहेको छ ।

भिडियोमा मोडल पिआर्यन लिम्बू (पुर्ण), सुस्मिता आङ्खेवा लिम्बू, सरु लुङ्फुङ्वा, आयाम थेगिम लगायतकोअभिनय देख्न सकिने छ । नरेश राईको छायांकन गरेको उक्त गीतलाई सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

सन्दीप योङ्हाङ्को ब्यवस्थापन साथै बिष्णु लिम्बु र चन्द्रबहादुर लिम्बुको निर्माण रहेको छ । सञ्जय आचार्यले सम्पादन गर्ने र गीत केहिदिनमै मिराकल अनलाइन टिभी बाट सार्वजनिक हुने भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्