फागुन २, याङ्वरकफोकस / संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,नेपाल सम्बद्ध संघीय लिम्बुवान मञ्च,नेपाल याङ्वरक गाउँपालिकाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार याङ्वरकको थर्पु स्थित थर्पु क्याम्पसको प्राङ्गणमा अधिबेशन सम्पन्न भएको हो ।

अधिबेशन बाट युवा नेता अस्विन इधिङ्गो अध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा चन्द्रकुमार माङ्मु, पोलस्टार तावा, दिलकुमार लक्सम, खड्ग लक्सम र बुद्धि सेवां, सचीवमा हेमराज योङ्हाङ, सहसचिवमा बिरेन्द्र बेघा, अर्थसचिवमा गंगाकुमारी सुवेदी र सह-अर्थसचिवमा पुजा सिगु चयन भएका छन् । साथै सदस्यहरुमा अमृता माबो, रामबहादुर योङ्हाङ, जीवनकला माबो, भिमा माबो, धनकुमार काम्बाङ, अरुणा केरुङ, समसेर बेघा, भिमकुमार माङ्मु, सुरेन्द्र लावती, सेरिहाङ योङ्हाङ र भिम पाँचकोटी चयन भएका छन् ।

एमाले, काङ्ग्रेस, जसपा तथा विभिन्न पार्टी परित्याग गरि सो अधिबेशनमा पोलिस्टार तावा, सुरेन्द्र लावती, हेमराज सिवाकोटी, मनराज मादेन, रणबहादुर तावा, हाङ्जिती माबो, सुस्मा राई मादेन, कमलबहादुर योङ्हाङ, सन्दीप सेवा, आकाश तावा, रोहन माबो, हर्कमाया योङ्हाङ, छत्र योङ्हाङ, जमुना योङ्हाङ इम्बुङ, धनमाया योङ्हाङ आङ्बो, रनकुमार माबो, अबिशेक माबो, प्रकाश माबो, सुनिता सिगु, छत्रबहादुर माबो र मनमाया परियार लगायतले मञ्च प्रवेश गरेका छन् ।

सो अधिबेशनमा प्रमुख अतिथि संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, अतिथिहरुमा महासचिव संगम खनाल, जिल्ला उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, कार्यवाहक सचिव मधु केरुङ, जिल्ला तथा संघीय युवा मञ्चका सचिव रामचन्द्र नेम्बाङ र जिल्ला सदस्य कर्णबहादुर काम्बाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्