कसरी सुरु भयो भ्यालेन्टाइन डे ?(प्रणय दिवस)

फाल्गुन २ आइतबार

बिश्वमा सञ्चारको द्रुत बिकास सँगै नेपालको सुगम देखि दुर्गम क्षेत्रसम्म ईन्टरनेट सेवाको पहुँच पुगिसकेको छ।वर्तमान अवस्थालाई नियाल्ने हो भने,ईन्टरनेट प्रयोगकर्ता नेपालीहरु को संख्या हवात्तै बढेको पाइन्छ।यहीँ ईन्टरनेट सुविधाको उपयोग सँगसँगै हामी नेपाली पश्चिमेली देशहरु को शैली,संस्कार र संस्कृतिलाई बढुवा दिईरहेका छौँ।यसैको एक उदाहरण हो भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस।हरेक बर्षको ८फेब्रुअरी देखि १४ फेब्रुअरी सम्म संसारभर प्रेमको रौनक छाउने गर्छ।प्रचलन अनुसार भ्यालेन्टाइन( प्रणय दिवस) लाई प्रेम सप्ताहको रूपमा मनाइदै आएपनी १४ फेब्रुअरीलाई बिशेष दिनको रूपमा मानिन्छ। यो दिन वास्तविक दुनियाँ देखि फेस्बुकको दुनियाँसम्म प्रेममय हुने गर्छ।विशेष गरी युवा–युवतीले यसलाई विशेष चाडकै रूपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि भ्यालेन्टाइन डे(प्रणय दिवस) विशेष रूपले मनाउन थालिएको छ ।

कसरी सुरु भयो भ्यालेन्टाइन डे ?:– किंवदन्तीका अनुसार भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको औपचारिक सुरुआत प्राचीन रोमनबाट सुरु भएको हो । यो दिवससँग एक वियोगान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए । प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर, सम्राटको नियम मन नपराउनेमध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्धित नियमको उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले “लभ फ्रम योर भ्यालेन्टाइन’”भन्ने हस्ताक्षर सहितको प्रेमपत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएको कथन छ । उनलाई सन् २६९ को १४ फेब्रुअरी मा मृत्युदण्ड दिइएको थियो । त्यहीँ दिनको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रूपमा “भ्यालेन्टाइन डे” मनाउने गरिएको हो । भ्यालेन्टाइन डे को चर्चा गरिरहदा प्रेमको बारेमा पंक्तिकारको पनि आफ्नै धारणा छ ।

प्रेमको परिभाषा: प्रेम एक फुलको कोपिला जस्तैः हो, जसलाई फुल्न दिनुपर्छ । प्रेम एउटा अन्तर आत्माको भावना हो, जसलाई महशुस गर्न सक्नुपर्छ । प्रेम एउटा सपना हो, जसलाई सजाउनुपर्दछ । प्रेम एउटा शक्ती हो,जसले संसार जित्ने साहस दिलाउछ। प्रेम एउटा खुसीको त्यो पल हो, जसले हजारौं दु:ख र पिडाका पलहरू भुलाउन सक्छ ।प्रेम उत्साह हो जसले दु:ख भुलाएर जिउन सिकाउछ।प्रेम हासो हो जसले मुस्कुराउनु सिकाउछ।प्रेम बिन्दु हो,जो साथ पाएपछि अर्थपुर्ण हुन्छ।प्रेम आरधाना हो, जसले ममता र स्नेहको भक्ती गाउन सिकाउछ।प्रेम तपस्या हो,जसले धैर्य धारण गर्ने उर्जा दिन्छ।अर्थात प्रेम नै दुई मन-मुटुको मिलन हो, जसलाई मिलाउनुपर्दछ।समग्रमा भन्नू पर्दा दुई आत्माको मिलन नै प्रेम हो।
यस्तै प्रकारले प्रेमका बिभिन्न परिभाषाहरू दिइएको पाइन्छ। तर जतीसुकै चतुर्‍याइँ परिभाषाले पनि प्रेमको अर्थ भने पुर्ण हुन सक्दैन।प्रेम भगवानले दिएको एक अमुल्य उपहार हो, जस्लाई मनमा सजाएर पुजा गर्नुपर्दछ । प्रेमका यस्तै थरिथरिका परिभाषाले नै प्रेमलाई रंगिन बनाएको छ। यो रंगिन संसार नै प्रेममा सजिएको छ।

के हो प्रेम ?
प्रेम गन्तव्य बिहिन एक यात्रा हो,जसको कहिल्यै अन्त हुँदैन।प्रेम सागरको गहिराई हो,जसको मापन हुँदैन।प्रेम एक अमुल्य बस्तु हो,जो किन्न सकिन्दैन । प्रेमको कुनै सिमा हुँदैन।प्रेम गर्छु भनेर हुँदैन । सच्चा प्रेम त त्यो हो जो हृदयबाट स्वत: स्फुर्त रूपमा आफैं प्रस्फुटन हुने गर्छ। प्रेम जाच्न सकिन्न जुन भावनामा मात्र सिमित हुन्छ।प्रेमका अनेकौं रुप हुन्छन्।प्रेम हरेकसँग हरेक किसीमको गासिन्छ । आफन्तसँग एक किसिमको हुन्छ, भने जिबनसाथीसँग भिन्नै र साथीसँग भिन्नै किसिमको गासिन्छ । प्रेम तन सँग हैन,मन सँग गरिन्छ।चोखो प्रेम गर्नेहरू ले शारीरिक सुन्दरता हैन,मनको सुन्दरता हेरेर प्रेम गर्ने गर्छन्।

प्रेम केवल पवित्र छ तर प्रेमको अर्थ नबुझ्ने ब्याक्तीहरु ले प्रेमलाई अपवित्र बनाएका धेरै उदाहरणहरु छन्।यो संसारमा यस्ता मान्छेहरू पनि भेटिन्छन् ,जो प्रेमलाई नकारात्मक भावना र नजरले मात्र हेर्ने गर्छन् ।
प्रेम एक तलाउ हो,जो तैरिनु नजाने डुब्न् सकिन्छ।प्रेम गर्न जाने,जिउने आधार हो,प्रेम गर्न नजाने मुटु रेट्ने पनि तरबार हो।प्रेमले कसैको आँसुलाई खुसीमा बदलिदिन्छ भने,प्रेमले कसैको खुसीलाई आँसुमा पनि बदलिदिन्छ।तसर्थ प्रेम स्वार्थ रहित हुनुपर्छ,र प्रेममा आफ्नो खुशी मात्रै खोज्नु स्वार्थिपन हो।यसरी खोजिएको खुशीले प्रेमको संसार भताभुङ्ग पनि पार्न सक्छ र अन्ततः प्रेम पीडामा पनि परिणत हुन सक्छ। त्यसैले अरुको भावना,बिचारलाई कदर र संम्मान गर्न सके प्रेमको यात्रा सहज हुन्छ ।

कहाँ हुन्छ प्रेम ?
प्रेम बिश्वासमा हुन्छ,प्रेम भरोसामा हुन्छ, प्रेम त्यागमा हुन्छ।यदि तपाईंले कसैलाई चोखो र निश्चल प्रेम गर्नुहुन्छ भने यी तीन बुदामा तपाईंको प्रेम अटेको हुन्छ।

(१) बिश्वास :-अक्सर भन्ने गरिन्छ, संसार नै बिश्वासले अडिएको छ। हो प्रेममा पनि बिश्वास हुनुपर्छ। शंकालु स्वाभावले प्रेमको यात्रामा उतारचढाव आउन सक्छ। प्रेममा अबिश्वासले प्रवेश गरेमा पिडाका पर्खालहरु खडा हुन्छन्।आँसु र रोदनले जिन्दगी शुन्य बनाई दिन पनि सक्छ।त्यसैले आफ्नो मुटुलाई जति बिश्वास गरिन्छ त्यत्ति नै प्रेममा पनि बिश्वास हुनुपर्छ।

(२)भरोसा:-प्रेमी र प्रेमिका बीच भरोसा हुन आवस्यक छ।भरोसा बिनाको प्रेम पिलर नभएको घर जस्तैः हो।जुनसुकै बेला पनि भत्किन सक्छ।भरोसा नभएको प्रेम दुलो परेको डुङ्गा जस्तैः हो,जुनसुकै बेला पनि डुब्न् सक्छ।

त्यसैले आफ्नो प्रेममा भरोसा गर्नुस् जिन्दगी रंगीन बन्नेछ।

(३)त्याग:-यदि तपाईंले कसैलाई प्रेम गर्नुहुन्छ तर उसले प्रेम गर्दैन भनेपनि मन नदुखाउनु होस्।किनकि आफुले माया गरेको मान्छेको खुशी चाहनु पनि एक सच्चा प्रेम हो।आफू दु:खमा परेर अरुलाई खुशी दिनु पनि प्रेम हो।आफू रोएर अरुलाई हसाउनु पनि प्रेम हो।आफू हारेर अरुलाई जिताउनु पनि प्रेम हो।आफू पलपल मरेर अरुलाई बचाउनुु पनि प्रेम हो।त्यसैले त भन्ने गरिन्छ,प्रेम प्राप्ति मात्रै होईन त्याग पनि प्रेम हो।

र अन्त्यमा :- संयोगान्त भन्दा वियोगान्त प्रेम कहानीहरु यो संसारमा अमर बनेेका छन्। लैला-मज्जु र रोमियो-जुलियटको प्रेम जोडी यसका ज्वलन्त उदाहरण हुन्।प्रेम बिनाको संसार परिकल्पना गर्न सकिन्दैन।प्रेम बिनाको जिन्दगी चिनि नहालेको चिया जस्तै फिक्का हुन्छ।त्यसैले बर्षको एक दिन मात्रै नभई ३६५ दिन नै तपाईंहरु को जिन्दगी प्रेममय बनोस् । प्रणय दिवसमा जोडि नहुनेहरु को जोडि मिलोस,जोडी हुनेहरू को प्रेम अझ फलोस फुलोस । सबै प्रेमिल मनहरुमा शुभकामना ।

याङवरक फोकस #प्रणय दिवस 

प्रतिक्रिया लेख्नुहोस्