फाल्गुन ९ आइतबार/अन्तर्राष्ट्रिय खबर

एजेन्सी। नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार सैनिक विमान दुर्घटना भएको छ । उक्त विमानमा सवार सबै यात्रु जीवित रहनसक्ने आशा निकै कम रहेको स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचारहरूमा बताइएको छ ।

सात जना सवार विमान दुर्घटनाको पुष्टि गर्दै उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका छन् । उनले भने, “सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि छुट्नासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ ।

सिरिकाले भने, “दुर्घटना भयानक बताइएको छ । हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ साथै यस घडीमा हामी सबैले पीडितहरूको लागि प्रार्थना गरौँ ।” टुइट्मा लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्