फाल्गुन १० सोमबार/अन्तर्राष्ट्रिय खबर

एजेन्सी । साउदी अरब राज्यले महिलालाई पनि सेनामा भर्ती गर्ने भएको छ । आइतबार राज्यले सशस्त्र बलमा महिलालाई भर्ती गर्न खुल्ला गरेको हो ।

अरब न्यूजको अनुसार साउदीका महिलाहरु लान्स कोपरल, कोपरल, सार्जन्ट र स्टाफ सार्जटमा भर्ती हुन सक्नेछन् । महिला आवेदकको लागि केहि थप मापदण्ड थपिएको छ ।

यो कदम राज्यमा महिलाको अधिकार वृद्धि गर्न लक्षित श्रृंखला को नयाँ कदम हो । यो योजना पहिलो पटक सन् २०१९ मा घोषणा गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्