फाल्गुन १० सोमबार/अन्तर्राष्ट्रिय खबर

अफ्रिकी मुलुक डीआर कंगोमा इटालीका राजदूत लुका एटानासियो मारिएका छन् । आतंकवादीको आक्रमणमा परेर इटालिएन सेनासहित लुकाको मृत्यु भएको इटालीको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

आतंकवादी आक्रमण सोमबार नै भएको बताइएको छ । आक्रमणकारीले सुरुवातमा राष्ट्रसंघको गाडीमा सवार उनीहरुलाई कान्यामाहोरो भन्ने स्थानबाट अपहरण गर्न खोजेको थियो ।

आज स्थानीय समयअनुसार १० बजेर १५ मिनेटमा अपहरणको प्रयास गरिएको थियो तर अपहरणको प्रयास असफल भएपछि उनीहरुमाथि आक्रमण भएको थियो । यस घटनामा को संलग्न छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन । राजदूत एटानासियो सन् २०१९ मा कंगोका लागि राजदूत नियुक्त भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्