फाल्गुन ११ मंगलबार

पाँचथर । ग्रीन एण्ड क्लिन आवर पाँचथर ग्रुपको तेस्रो चरणको कार्यक्रम सम्पन्न भएको छ ।

निशुल्क महिनावारी रियुजएबल सेनेटरि प्याड वितरण सम्पन्न गरेको छ । ग्रीन एण्ड क्लिन आवर पाँचथर ग्रुपद्वारा तेस्रो चरणको कार्यक्रम पाँचथर याङवरक गाउपालिका वडा नं.२ स्थित नारायणी मा वि(फलैचा)मा कक्षा ७ देखि १२ सम्मका ५३ जना छात्राहरुलाई निशुल्क रियुजएबल महिनवारी सेनेटरि प्याड वितरण गरिएको छ ।

ग्रुपका एडमिन सुरेश तावाका अनुसार ग्रीन एण्ड क्लिन आवर पाँचथर ग्रुपले योभन्दा अगाडि विभिन्न विद्यालयहरूमा निशुल्क सेनेटरी रियुजएबल महिनावारी प्याड वितरण गरिएको बताएका छन् । यो तेस्रो चरणको कार्यक्रम संगै फेरि अर्को चरणको कार्यक्रम पनि तय गरिएको तावाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्