फाल्गुन ११ मंगलबार

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – संघीय लिम्बुवान मञ्च नेपाल पान्थरको चौथो जिल्ला अधिबेशन फागुन १४,१५ र १६ गते सदरमुकामस्थित फेदेनमा सम्पन्न हुने भएको छ ।

यसपटक भने ३ वटा प्यानलबाट जिल्ला अध्यक्ष पदको लागि प्रतिस्पर्धा हुने भएको छ । जिल्ला अधिबेशन तयारी समितिकाअनुसार बर्तमान जिल्ला अध्यक्ष सागर केरुङ, बर्तमान बरिस्ठ जिल्ला उपाध्यक्ष चन्द्रराज आङदेम्बे र बर्तमान जिल्ला उपाध्यक्ष जितेन चेम्जोङको अध्यक्ष पदमा दाबी हुने भएको छ । त्यस्तै सचीव पदका लागि केरुङ्को प्यानलमा जिल्ला सदस्य प्रकाश अधिकारी, आङ्देम्बेको प्यानलमा जिल्ला सचीव डिल्लि लाओति र चेम्जोङ्को प्यानलमा जिल्ला कोषाध्यक्ष योगेश योङ्याको दाबी हुने बताएका छन् ।

चौथो जिल्ला अधिबेशनबाट जिल्ला नेतृत्वको दाबेदारीका लागि ३ नेताहरू यतिबेला आ-आफ्नो रणनीतिका लागि दौडधुप गरिरहेका छन् `जिल्ला अधिबेशन तयारी समिति´ले याङवरक फोकसलाई बताएको छ ।

‘लिम्बुवान प्राप्त नभएसम्म आन्दोलनको नेतृत्वबाट सागर केरुङ पन्छिनु हुँदैन भन्ने आम नेता,कार्यकर्ताहरुको अनुरोधलाई मैले स्विकार्नुपर्छ’

बर्तमान जिल्ला बरिस्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बेको राजनीतिक यात्रा जनमुक्ति धारबाट सन्जुहाङले नेतृत्व गरेको पार्टीबाट पहिचानको आन्दोलनमा सक्रिय हुँदै आङ्देम्बे मञ्चमा सक्रिय रहेका छन्, भने बर्तमान जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ मञ्चको स्थापना देखि नै सलोराममा सक्रिय रहेका छन् ।
बर्तमान जिल्ला अध्यक्ष सागर केरुङ संघीय विद्यार्थी युनियनको पुर्व केन्द्रीय अध्यक्ष, जिल्ला सहसचिव १ कार्यकाल, जिल्ला सचीव ३ कार्यकाल, बर्तमान किरात याक्थुङ चुम्लुङ लिसाप केन्द्रीय उपाध्यक्ष, लिम्बू चलचित्र कर्मी संघको केन्द्रीय सदस्य, चलचित्र विकास बोर्ड संघीय परिषद सदस्य एक कार्यकाल,
याक्थुङ प्रज्ञा प्रतिष्ठान को प्राज्ञ र शान्ती समितिमा जिल्ला संयोजक १ कार्यकाल लगायत विभिन्न संघ संस्थाहरूमा आबद्ध रहदै आएका छन् । केरुङ जिल्लामा संघीयता, पहिचान र अस्तित्वको आन्दोलनहरूमा अग्रभुमिमा देख्न सकिन्छ । ६२/६३ को आन्दोलन पछि निरन्तर आत्मनिर्णयको अधिकार सहित संघीयता, पहिचान र अस्तित्वको आन्दोलनमा जिल्लाकै अग्र भागमा देखिने र सुनिने नाम हो `सागर केरुङ´ । बर्तमान अध्यक्ष केरुङ भन्छन् ‘लिम्बुवान प्राप्त नभएसम्म आन्दोलनको नेतृत्वबाट सागर केरुङ पन्छिनु हुँदैन भन्ने आम नेता,कार्यकर्ताहरुको अनुरोधलाई मैले स्विकार्नुपर्छ’ ।

लिम्बुवान आन्दोलनको यतिका लामो समयपछि अहिले जिल्ला नेतृत्वमा प्रतिस्पर्धा हुनेभएको छ । यस प्रतिस्पर्धा लाई अधिबेशन तयारी समितिले एउटा लोकतान्त्रिक अभ्यासको जगमा बसेर हिड्न चाहेको बताएको छ । यसपटकको चौथो जिल्ला अधिबेशनमा नया अभ्यास सुरु भएको बताइएको छ यो लोकतन्त्रको एउटा सुन्दर पक्ष हो ।

प्रतिक्रिया लेख्नुहोस्