फाल्गुन १३ बिहिबार

पाचँथर । फिदिम नगरपालिका वडा नं १४ साबिक लुङ्रुपा ४/५/६ र साबिक रानिटार ९ स्थित लिम्बुवानका महान योद्धा सेनापती काङ्सोरेको नाममा `काङ्सोरे फागो वनेम´ खेल मैदान निर्माण हुने भएको छ । वडा स्तरीय खेलमैदानकाे नाममा वनेम कल्याणकारी संस्थाको रु. ४०,००,००० चालीस लाख रुपैया बराबरको लागतमा उक्त खेलमैदान बन्न लागेको हो ।
वडा स्तरीय खेल मैदान समिति, खेलमैदान खरिद तथा निर्माण समितिका अध्यक्ष हेमबहादुर फागो लगायत स्थानीय पार्टि प्रतिनिधि, समाजसेवी, बुद्वीजिबि र सराेकारवाला बिच बसेकाे बैठकले खेलमैदान निर्माण गर्ने निर्णय गरेको हो ।

कुनै पनि ब्याक्ती वा संस्थाले सबै भन्दा पहिले न्युनतम नगद रु २५,००,००० पच्चीस लाख रुपैया खेलमैदान समितिकाे बैक खातामा जम्मा गरेमा त्यस ब्याक्ती वा संस्थाले उक्त खेलमैदानकाे नामकरण गर्न पाउने मापदण्ड बमोजिम २०७७/०९/१६ गतेकाे बृहत बैठकले वनेम कल्याण संस्थाबाट २०७७/११/०७ सम्ममा नगद रु ३६,००,००० छत्तीस लाख सहयोग गरे बापत खेलमैदानकाे नामकरण वनेम कल्याण संस्थाले राख्न पाउने भए संगै उक्त संस्थाले माग गरे बमोजिम खेलमैदानको नाम `काङसाेरे फागाे वनेम´ नामकरण गरेकाे हाे ।

वनेम कल्याणकारी संस्थाकाे सहयाेग रू. ४०,००,००० चालिस लाख सम्म आर्थिक सहयोग गर्ने बुझिएकाे छ । उक्त खेलमैदानकाे लम्बाइ ९-ए साइजकाे रहनेछ । करिब १० मिटर जति अपुग रहेकाेले ९-ए को लागि खेलमैदानलाई अझ लम्बाइ बढाउनु पर्ने आवश्यक भएकाेले आर्थिक संकलनलाई निरन्तरता दिइएकाे हाे । यस खेलमैदान परिसरमा काङ्सोरेकाे शालिक पनि राख्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्