फाल्गुन १४ शुक्रबार

झापामा एक महिलाको सामुहिक रुपमा बलात्कार भएको छ । बलात्कार हुनेमा कन्काई नगरपालिका – ४ कि ३१ वर्षीय महिला रहेकी छिन् l उनको बलात्कार कन्काई नगरपालिका – ३ स्थित सुरुङ्गामा सोही नगरपालिकाका प्रदिप चौधरी र शर्मानन्द भुजेलले गरेका हुन् ।

महिलाको सुरुङ्गा बजारस्थित टप्पुमा रहेको डेरामा राती पुगि भुजेलले ढोका खोल्न लगाई मुखमा रक्सीको बोतल कोचेर पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रामेश थापाले बताए । महिलाको हाल उपचार भइरहेको डीएसपी थापाले बताए । बलात्कारमा संग्लनहरुलाई प्रहरीले प्रक्राउ गरि जबरजस्ती करणी र कुटपिटमा मुद्धा चलाएको छ । महिलाको श्रीमानको केहि वर्ष अघि नै मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्