फाल्गुन १५ सनिबार

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङदेन `मिराक´ले संघीयता र पहिचान विरोधी दलहरूका कारण प्रदेश नम्बर १ को नामाङ्कन हुन नसकेको बताएका छन् ।

पान्थरको सदरमुकाम फेदेनस्थित आयोजित संघीय लिम्बुवान मञ्च जिल्ला कार्यसमिति पाँचथरको चौथो अधिबेशनको उद्घाटन सत्रमा अध्यक्ष लिङदेनले यस्तो बताएका छन् । संघीयता र पहिचान बिरोधी दलहरुको षड्यन्त्रका कारण १ नम्बर प्रदेशको नामाकरण हुन ढिलाइ भइरहेको र अब नामांकनका लागि प्रदेश केन्द्रीत आन्दोलन गरिने समेत कार्यक्रमको सम्बोधनका क्रममा बताए ।

मेचीदेखि महाकाली सम्मका उत्पीडित शोषित जाती र बर्गको उत्थान कम्युनिष्ट र कांग्रेसले गर्न नसकेको भन्दै लिङदेनले बर्गीय विभेदका लागि लोकतान्त्रिक राष्ट्रिय मञ्चको विकल्प नै नरहेको पनि दाबी गरेका छन् ।
अधिवेशन उद्घाटनको पुर्वसन्ध्यामा मञ्चले सदरमुकाम फेदेनमा बृहत जुलुस सहित र्‍याली निकालेको थियो। जुलुसमा सहभागीहरुले `we want limbuwan´, लिम्बुवान हाम्रो घर हो र नेपाल हाम्रो देश हो´ लगायतका नारा लगाएका थिए ।

जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नको लागि उद्धघाटन सत्र पछि बन्द सत्र सुरु गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय समितिका केन्द्रिय नेता तथा पदाधिकारी र जिल्लाका सबै क्षेत्रबाट लिम्बुवान कार्यकर्ताहरूको व्यापक उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्