फाल्गुन १५ सनिबार

पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च जिल्ला कार्यसमिति पान्थरको चौथो अधिबेशनबाट चन्द्रराज आङ्देम्बे जिल्ला अध्यक्षमा निर्वाचित भएका छन् भने ५१ जनाको कार्यसमिति चयन गरिएको छ ।

सदरमुकाम फेदेन स्थित मञ्चको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उपाध्यक्षहरूमा जितेन चेन्जोङ, योगेन्द्र राई, हर्कजित लिङ्देन, निशा लोवा, भिनप्रसाद नेम्बाङ र भानुभक्त फियाक रहेका छन् । सचिबहरूमा डिल्ली लावती, सुबास केरुङ र अर्थसचिवमा प्रकाश अधिकारी चयन भएका छन् ।

जिल्ला सचिवालय सदस्यहरूमा योगेस योङ्या, अमिर लिम्बू, जसकर्ण लिङ्देन, नरबहादुर हेम्ब्या, मनप्रसाद तुम्बापो, रामचन्द्र नेम्बाङ, राजेन्द्र सिगु, पुर्णिमा राई, रबिन्द्र नेम्बाङ, मिङ्सो आङ्देम्बे, कर्ण हाङ्सरुम्बा, अर्जुन चेम्जोङ, बिरेन लिम्बू यवा र नरेश लक्सम निर्वाचित भएका छन् भने जिल्ला सदस्यहरूमा रुबिन्द्रकुमार माखिम, कर्णबहादुर काम्बाङ, आधार घिमिरे, टीका राई इसिता, महेन्द्र हाङ्सरुम्बा, भक्त नेम्बाङ, दीपाहाङमा राई, मचिन्द्र थङगम्बा, दिलसोर नेम्बाङ, सम्योकहाङ सिगु, गणेश नेम्बाङ, खगेन्द्र सम्बाहाम्फे, सन्तोस नेम्बाङ, लोकमान सेर्मा, बिकेन्द्र नेम्बाङ, भगिराज चेम्जोङ, मचिन्द्र नेम्बाङ, भिम माङमु, कुमार केरुङ, सन्तोस हाङ्सरुम्बा, भिमप्रसाद नेम्बाङ, संगम यवा र समीक्षा तुम्बापो जिल्ला सदस्यमा निर्वाचित भएका छन् । (निर्वाचित पदाधिकारीहरू  तस्बिरमा )

फाल्गुन १४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङदेन `मिराक´ को प्रमुख आतिथ्यमा र अन्य केन्द्रिय नेताहरूको बिशेष आतिथ्यतामा चौथो जिल्ला अधिबेशन कार्यक्रम सदरमुकाम फेदेनमा सम्पन्न भएको थियो ।

तस्बिर – र्‍याली निकाल्दै फेदेनको लिम्बुवान गेट छेउ

प्रतिक्रिया लेख्नुहोस्