फाल्गुन १५ सनिबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २ हजार ८२४ को स्वास्थ्य परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै पछिल्लो समय कारोनाका कारण २ जनाको मृत्यु भएको छ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ। त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन्। यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ३२५ रहेको छ।

अहिले देशभर ९८६ सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा २१ लाख ६० हजार ४०४ को पीसीआर परीक्षण भएको छ।

पछिल्लो समय कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म २ हजार ७७३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्