फाल्गुन १६ आइतबार

झापा । याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो ।

अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगितामा सीता ‘पिरती’ले प्रथम स्थान ओगटेकी छन् । त्यसैगरी द्वित्तीयले स्थान मचिन्द्र लोवा ‘सेमि’, तृतीय स्थान लक्ष्मीमाङ चेम्जोङ् र सान्त्वना मनकुमार तुम्रोक रहेका थिए । पुरस्कारको राशी क्रमशः प्रथम ३० हजार, द्धित्तिय २० हजार, तृतीय १५ हजार र सान्त्वना ५ हजार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुम तथा भाषा विद हरि हुक्पा चोङवाङको हातबाट विजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
असोज १ गतेबाट शुरुभएको याक्थुङ अनलाइन गजल प्रतियोगिता याक्थुङ आर्ट एण्ड लिटे«चर ग्रुपको फेसबुक पेजबाट प्रशारण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रमसँगै प्रमुख अतिथिबाट “सिङ्जागो” गजल संग्रहको पनि विमोचन गरिएको छ । यस कार्यक्रममा नवल फाइवेली, टंक सेलीङ, सेसेहाङ फियाक, जितेन पन्धाक लगायतका साहित्यकारहरुले शुभकामना मन्तव्य राखेका थिए । दमक क्षेत्रका साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक जनम लिङ्दम हाङसा र सहसंयोजक इन्दीरा नेम्बाङ् रहेका छन् । प्रतियोगिताको निर्णायकको रुपमा प्राध्यापक मधु केरुङ र प्रेमदिप थाम्सुहाङ् रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्