फागुन १७, याङ्वरकफोकस / लिम्बुवान भुमि सँग सम्बन्धित लिम्बु भाषीक गीत ‘सुवाङ लाजे?इन् लिम्बुवान लाजे?इन्, मयेआङ्नेरो नेपालसिगाङ् आनि लाजे?इन्’ नामक गीतको छायांकन सम्पन्न भएको छ ।
भिडियो छायांकन शुक्रवार सम्पन्न भएको हो ।

उक्त गीतको शब्द/संगीत सागर केरुङको रहेको छ । गायक माइकल तुम्बापो र गायिका सिर्जना जबेगुले आवाज भरेका हुन् । सागर केरुङ्को निर्देशनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सदस्य श्री यवाको निर्माण रहेको छ । छायांकन तथा सम्पादन सञ्जय आचार्य साथै नृत्य निर्देशन बुद्धराज लिम्बुले गरेका हुन् ।

भिडियोमा निङ्वा नेम्बाङ, बिबेक हाङ्सरुम्बा, अमृता जबेगु, सौभाग्य नेम्बाङ, लेन्जो इङ्वा, सम्झना योङ्हाङ, मेनुका राई, जोसिका योङ्हाङ, मनिसा तुम्बापो र कबिन गुरुङ्ले अभिनय गरेका छन् ।

भिडियो केही दिनमा सार्वजनिक गर्ने निर्देशक सागर केरुङ्ले बताए ।

1 COMMENT

प्रतिक्रिया लेख्नुहोस्