फागुन १७, याङ्वरकफोकस / सबैको लघुवित्त वित्तीय संस्थाले आफ्‍ना सेयरधनीहरूलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बाँड्ने भएको छ । आइतबार बसेको लघुवित्तको सञ्‍चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रस्तावअनुसार १० दशमलव ५०% बोनस सेयर र ० दशमलव ५५ प्रतिशत नगद लाभांश बाँड्नेछ । चैत १४ गते बस्ने साधारणसभाले यो प्रस्तावलाई पारित गरेपछि लघुवित्तले वितरण गर्ने भएको हो ।

समितिले चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँको १० दशमलव ५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्