फाल्गुन १७ सोमबार

काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ४९ वटा पीसीआर परिक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै कूल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ।

साथै पछिल्लो २४ घण्टामा ६४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या २ रहेको छ। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्