फाल्गुन १९ बुधबार
काठमाडौं । सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए ।
मन्त्रिपरिषद् बैठक बस्ने हल नजिकैको कोठामा दुबै टोलीबीच केही घण्टा कुराकानी भएको थियो ।
पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।
अर्को वार्ताको मिति तोकिएको छैन । तर छिट्टै वार्तामा बस्न दुबै पक्ष सहमत रहेको स्रोतको दाबी छ ।
मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021