फाल्गुन १९ बुधबार

पाँचथर । याङवरक गाउँपालिका-५ साबिक थर्पु-९ स्थित ऎसेलु स्कुल नजिकैको सडक खन्ने क्रममा खानेपानीको पाइप अलपत्र पारिएको छ । उक्त खानेपानी याङवरक -४ स्थित मङ्गरगाउँ, खान्द्रुम्बा, चन्द्रोदय प्रा.वि र देविस्थान लगायतका टोलहरूमा जाने खानेपानीको पाइप हो ।

सडक खन्ने क्रममा खानेपानीको पाइप बेवारिसे अवस्थामा सडकमै छोडीएको छ । लगभग ३० मिटर जती खानेपानीको पाइप टुक्राटुक्रा पारी बाटो मुनि फालिएको अवस्थामा भेटिएको र उक्त पाइपलाई पुनः प्रयोग गर्न नमिल्ने गरि फालिएको अवस्थामा भेट्टिएको थियो ।

स्थानीय नवराज काम्बाङको घर नजिकैको घुम्तीमा सडक खन्ने क्रममा यस्तो भएको हो । स्थानीय लगायत सडक निर्माण समितिको लापरबाहीका कारण खानेपानीको पाइप त्यतिकै बेवारिसे अवस्थामा फ्याकिएको थियो अधिकांश पाइपहरू सडक मुनि भेटिएको थियो ।

बिकासको नाममा कहिलेसम्म बिनास गर्ने ? स्थानीय सरकारको बेलैमा ध्यान पुगोस् ।
स्थानीय याङ्वरक गाउँपालिका र याङवरक सडक व्यवस्थापन समितिको ध्यानाकर्षण हुन सकोस् ।

प्रतिक्रिया लेख्नुहोस्