फाल्गुन १९ बुधबार

झापाको सुरुङ्गा नजिकै सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज अपराह्न साढे ४ बजेतिर भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु घटना स्थलमै भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्लाका पासाङ्ल्हामु गाउँपालिका १ का ३३ वर्षीय दिलीप राना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ४ क १६८४ नम्बरको ट्रकले सुरुमा प्रदेश १-००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १-०१-०१३ प १७८३ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुने मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ जना घाइते भएका छन् । घाइते मध्ये मोटरसाइकलमा सवार सुनसरी धरान उपमहानगरपालिका-१६ का दिलीप क्षेत्रीको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्