फाल्गुन २० बिहिबार

काठमाडौ । बिहिबार कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ । आज १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ७९५ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कूल मृत्यु हुने संक्रमितको संख्या ३ हजार १० पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ५३६ जनाको परीक्षण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्