फाल्गुन २२ सनिबार

आदिवासी जनजाति साहित्यकार महासंघको तमुवान राज्य समिति गठन गरिएको छ । शनिबार पोखरामा आयोजित एक भेलाबाट छम गुरुङको संयोजकत्वमा समिति गठन गरिएको हो ।

महासंघका केन्द्रीय तदर्थ समितिका सदस्य गौरी तमुको उपस्थितिमा आयोजित भेलाले समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा गीता रखाली मगर, सचिवमा दिपक वाइबा तामाङ, सहसचिवमा उमेश कुमाल, कोषाध्यक्षमा पवित्र तामाङ र सहकोषाध्यक्षमा रुद्र सन्देश तामाङ छन् ।

सदस्यहरुमा रिम राना मगर, चेतबहादुर कुमाल, मानेन्द्रबहादुर कुमाल, तिर्थ गुरुङ, सुरज गुरुङ, तेजबहादुर गुरुङ, कुमार तामाङ, सुजन गुरुङ, अञ्जना तामाङ, चिनमाया तामाङ, सम्राट गुरुङ, अमृता थापा मगर र भोज खण्डलुक मगर छन् ।

प्रतिक्रिया लेख्नुहोस्