फाल्गुन २८ शुक्रवार

कृष्णराज राईको ‘साराङहेयो’ यानकि नेपालीमा ‘माया गर्छु’ नामक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा कलाकार उमेश राई उर्फ फुलन्देकी आमा र अनुशा राईको अभिनय रहेको छ ।
गायक कृष्णराज (रिबेश )राईको स्वरमा रहेको गितलाई लक्षण राईले रचना गरेका हुन भने बादल लिम्बुले संगीत भरेका हुन् । ‘साराङ्हेयो´ नेपाली गीत यौवन अवस्थामा देखिने चञ्चलेपन र मायामा परेपछिको भावलाई दर्शाउन खोजेको म्युजिक भिडियोमा देख्न सकिन्छ ।

यो म्युजिक भिडियो सार्वजनिक भएसँगै कृष्णराजले नेपाली सांगितीक क्षेत्रमा एउटा नयाँ पाईला चालेका छन् भने विजय राई र हिरण राईलाई पनि उक्त म्युजिक भिडियोमा देख्न सकिन्छ । गुरु भोटियाको छाँयाङ्कन तथा सम्पादन र कोरियोग्राफ उमेश राई र कमल साउदले गरेका हुन् भने मेकअप अनुशा राई र अस्मिता राईले गरेका छन् ।

यो म्युजिक भिडियो `आतिथ्य’ नामक युट्युव च्यानलबाट आज शुक्रवार सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस्

प्रतिक्रिया लेख्नुहोस्