चैत २१ शनिबार

साहित्यकार मन्जु इवारम `अल्पन´ र रुपेश शेर्माको शब्दमा रहेको `कहानी´को म्युजिक भिडियो आज शनिबार सार्वजनिक भएको छ ।

गायिका बशन्ती लिम्बुको समधुर आवाजमा सजिएको गितमा साहिल लिम्बुले संगीत भरेका छन् भने एरेन्जरमा मनोज मोते, मिक्सिङमा प्रकाश मिश्र र रेकर्डिस्टमा राजाबाबु चौधरीले गरेका छन् ।

रेकर्डिङ `Acoustic Nepal´ को स्टुडियोमा गरिएको हो भने उक्त म्युजिक भिडियोलाई गंगाराम राईले छायांकन तथा सम्पादन गरेका छन् । म्युजिक भिडियोमा गायिका बशन्ती लिम्बुले अभिनय गरेकी छिन् ।

यस म्युजिक भिडियोलाई मन्जु इवारम `अल्पन´ र रुपेश शेर्माले निर्माण गरेका हुन् भने एसएसओजीको अफिसियल युट्टुब च्यानल बाट सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्न सक्नुहुनेछ…

प्रतिक्रिया लेख्नुहोस्