चैत २७ शुक्रबार

पछिल्लो २४ घण्टामा ४ हजार ७१ पीसीआर परिक्षण गर्दा नेपालमा थप २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ६१५ रहेको छ । पछिल्लो २४ घण्टामा १२७ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ७३५ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ८४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २३ लाख ६ हजार २४४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्