पान्थर – याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । लिम्बुवानको ऐतिहासिक स्थल पान्थरको सदरमुकाम फेदेन स्थित जिल्ला समन्वय समितीको हलमा आइतबार बिहान महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले सुशन हुक्पाचोङबाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिती चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रज्ञा इजम, उपाध्यक्षहरुमा कमल हाङसरुम्बा, मणिबिक्रम योङहाङ, राजेन्द्र इधिङगो र रञ्जुला तेयुङ, महासचिवमा मनिष आङबो, सचिवहरुमा गणेश तुम्रोक, नारायण आङखेवा, सुवास लुङफुवा र रितुराज तेयुङ, कोषाध्यक्षमा घनाश्याम थेवे लगायत ६ जना सदस्य चयन भएका छन् ।

मञ्चले ९ बुँदे सुम्हालुङ घोषणा पत्र पनि जारि गरेको छ । घोषणा पत्रमा -“युवाहरुलाई परिश्रमी, उद्यमशिल तथा सिर्जनसिल बन्न अभिप्रेरित गरि विदेश पलायन हुने प्रवृतिलाई निरुत्साहित गर्ने, ऐतीहासिक पृष्ठभुमिको आधारमा अरुणपुर्व ९ जिल्ला लिम्वुवान प्रदेश स्थापनाको लागि माग गर्ने, याक्थुङ पाःन अनिवार्य अभियान सञ्चालन गर्ने लगायतका ९ वटा बुँदा सहित सुम्हात्लुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्