चैत ३० सोमबार

तेह्रथुम – म्याङलुङ नगरपालिका ३ नागदह बस्ने ७२ बर्षीया फुलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ ।

सोमबार बिहान साढे ९ बजे उनि घरदेखी नजिक आफ्नै बारीमा सुकेको झ्यास र झिक्रा डढाउने क्रममा आगो नजिकै रहेको बासझ्याङमा पुगेको थियो । बासझ्याङमा आगो सल्किएको थाहा पाई स्थानिय किशोर प्रसाद सिग्देल र फुलमाया की जेठि बुहारी आई आगो निभाउने क्रममा सोही बासझ्याङमा खोल्सी परेको स्थानमा फुलमायाको शरिरको पुर्णरुपमा कपडा जलिसकेर मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्