बैशाख ११, याङ्वरकफोकस / चर्चित गीत ‘आगो पिएर बाच्ने’ गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक गरिएको छ । रिमा इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट गत साता सार्वजनिक गरिएको हो ।

जिबन धमलाको शब्द र नारायण रायमाझिको संगीत रहेको उक्त गीतका वास्तविक गायक भने लक्ष्मी सृजन बजगाई हुन् । लोकप्रिय गायक प्रशान्त तामाङको समेत आवाजमा रेकर्ड गरिएको सो गीतलाई फिमेल भर्जनमा गायिका सुहाङले स्वर भरेका हुन् ।

मनोज खड्काको संगीत संयोजनमा श्याम श्वेत रसाइलीको मिक्सिङ रहेको यस गीत रिमा स्टुडियोमा रेकर्ड गरिएको हो ।

‘आगो पिएर बाच्न’ भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्