बैशाख १४, याङ्वरकफोकस / गायिका हेमुस्मृति चोङ्बाङको “तोङ्बा सुरुप्प” नामक बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त गीत हिजो (सोमबार) हेमुस्मृति अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा गायक कृष्णभक्त राई र गायिका हेमुस्मृति चोङ्बाङले स्वर भरेका छन् । गीतकार बिमल खेवाचालीको शब्दमा मनोज राईको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् ।

भिडियोमा राज साम्बा, पुष्पाञ्जली मादेन, बाबु रानी लिम्बू साथै साथीहरू को अभिनय देख्न सकिन्छ । योगेश नेवारको निर्देशन रहेको सो भिडियोलाई शिशिर कुमार साङ्पाङले छायांकन साथै सम्पादन गरेका हुन् ।

“तोङ्बा सुरुप्प” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्