माबोहाङ,मोहन

बैशाख १८/ आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा श्रम गरी खाने सम्पूर्ण श्रमिकवर्गलाई हार्दिक सुभकामना व्यक्त गर्दछु ।

१९ औँ शताब्दिको औधोगिकीकरणमा यूरोपका उधोगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । सिकागोमा यही माग सहीतको मजदुरहरूको शान्तिपूर्ण पर्दशनकारीहरूमाथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित पर्दशनकारीद्वारा बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो , त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी French Socialist Party ले मे १ लाई ( श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन ) International Workers Day को रूपमा मनाउने घोषणा गर्यो परिणामस्वरूप हामीपनी यो दिनलाई मनाउंदै आयका छौं । यो वर्ष विगतका वर्षहरुझै रहेन विश्वभर फैलीयको CORONA माहामारीका कारण सायद इतिहासमै पहिलोपटक आज पुरा विश्व टक्क अडियको छ आजका दिनमा सवैभन्दा बढी CORONA र जीवनसँग कोही कठीन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो श्रमिक हो । विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको प्रवाह नगरी  महामारी विरुद्दको लड़ाईको अग्रमोर्चा सम्हालिरहनुभयका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचीत सम्मानजनक मुल्यांकन र यश महामारिलाई प्रास्त गर्ने उच्च मनोबल सहितको प्रेरणा जोस र सहस प्राप्त होस ।बौद्धिक श्रमिक वर्ग लगायत सबै श्रमिक वर्गको न्यायीक व्यवस्थापनमा यस श्रमिक दिवसले जोड देओस

माबोहाङ,मोहन

प्रतिक्रिया लेख्नुहोस्