बैशाख २२/पुर्वी पाँचथर याङवरक ४ थर्पु बजारमा कोरोना भाईरसको कारण लक डाउन लागे पछी बजार प्राय सुनसान भएकोछ।

याङवरकको मुख्य केन्द्र मानिने थर्पु बजार दिनमा सुनसान भए पनि स्थानिय निकाय बाट निस्चित समयमा मात्र पसल खोल्ने अनुमती पाए पछी पसल खोलिएको समयमा भने केही खुल्ला पसलहरुमा मानिसहरुको भिड देखिन्छ।

लामो समय देखि पसल गर्दै आएका जयराम न्यौपानेको पसलमा प्रकाश न्यौपाने निकै ब्यस्त थिए। बिहान ६ देखि १० बजे सम्म र साझ ४ बजे देखि ६ बजे सम्म मात्र पसल खोल्न अनुमती पाए पछी पसल खोलिएको समयमा मानिसहरुको भिड बढेको प्रकाश न्यौपाने बताउछ्न।मुखमा माक्स र छेउमा सेनिटाईजर राखेर कसैलाई चामल कसैलाई तेल भिभिन्न समानहरु दिदै थिए। पसलमा भेटिएका याङवरक ५ का चन्द्र कुमार माबो अलि हतारमा चामल किन्न आएका थिए । लक डाउन भए पछी लक डाउन कति समय लम्बिने हो कुनै निस्चित नहुदा २/३ महिना सम्मलाई पुग्ने खाध्यन्न समाग्री जोहो गर्न लागेको चन्द्र कुमार माबो बताउछ्न।

छेउमै मुढे बाको पसलमा पेट्रोल भर्दै जाँदै थिए बाईक र गाडिहरु। जेनि होटल को थोरै भाग खोलिएको थियो जेनि होटलका प्रोप्राईटर बिर बहादुर लक्सम भन्छ्न मानिसहरु आईहाल्छ्न खाजा नास्ता दिनै पर्यो कोरोना भाईरस संग सतर्क रहदै निस्चित समयमा भए पनि होटल खोलेर सेवा दिई रहेको बताउछ्न।

याङवरक गाउँपालिका वडा न १ ठिङेपुरमा यहि हप्ता ८ जनामा कोरोना पोजिटिभ देखिए पछी याङवरक ४ थर्पु बजारमा पनि एक हप्ता लक डाउन लागू भएको स्थानिय निकायले जनाएकोछ।

लक डाउनको समयमा थर्पु बाजार बिहान ६ देखि १० अनि साझ ४ देखि ६ बजे देखि पसल खोल्न अनुमती पाए पनि अधिकाश पसल बन्दनै रहेकोछ।

थर्पु बजार जादा ध्यान दिनु पर्ने कुराहरु

थर्पु बजार जादा अनिबार्य माक्स लगाउने
आवस्यक काम हुंदा मात्र जाने
अनावश्यक भिड नगर्ने
बजार जादा आउदा सेनिटाईजरको प्रयोग गर्ने
सेनिटाईजर नभए साबुन पानीले राम्रो सङ हात धुने।
स्थानिय प्रसाशनले तोकेको नियम कानुन मान्ने

-बालन्द माबो /याङवरक फोकस

प्रतिक्रिया लेख्नुहोस्