जेठ १, याङ्वरकफोकस / चर्चित गीत “तिमीलाई पराई ठानी” गायिका हेमु स्मृति चोङ्बाङको स्वरमा सार्वजनिक गरिएको छ । हेमु स्मृति अफिसियल युट्युब च्यानलबाट गत साता सार्वजनिक गरिएको हो ।

बाबुराजा परियारको शब्द र राजशुक्र लिम्बुको संगीत रहेको उक्त गीतका वास्तविक गायिका दिपा सुहाङ हुन् । गीतमा बबुल गिरिको एरेन्ज रहेको छ ।

भिडियोमा सन्दीप श्रेष्ठ, नमिता पर्घारी, योगेश नेवार, नुमा मादेन, लाओप्ना लिम्बू र मनिशा पौडेलको अभिनय देख्न सकिन्छ । योगेश नेवारको निर्देशन रहेको उक्त भिडियोलाई शिशिर कुमार साङ्पाङले छायांकन साथै सम्पादन गरेका हुन् ।

“तिमीलाई पराई ठानी” भिडियोमा

प्रतिक्रिया लेख्नुहोस्