पाँचथर – च्याङ्थापु-फलैंचा सरोकार समाज नेपालले विभिन्न पीडितहरूलाई आर्थिक सहयोग गरेको छ । सामाजिक सेवाको निमित्त स्थापना भएको “च्याङ्थापु-फलैंचा सरोकार समाज नेपाल” विभिन्न सामाजिक कार्यमा पनि सक्रियता बन्दै आएको छ । समाज स्थापना भएदेखि अहिलेसम्ममा करिब दुई दर्जन बढी असह्य, गरिब, मृगौला र आगलागी पीडितहरूलाई सहयोग गरिसकेको समाजका अध्यक्ष शरद कुमार अधिकारीले याङवरक फोकसलाई जानकारी दिएका छन् ।

बिरामीलाई रकम दिदै

समाजले विशेष गरेर याङवरक १ लाई (साबिक गाबिसहरू च्याङ्थापु र फलैंचा) आफ्नो कार्य क्षेत्र बनाएर सामाजिक कार्यमा सक्रिय बन्दै आइरहेको छ ।

उक्त समाजले स्थापना गरेको जन्मोत्सब कोष, स्मृति कोष, आपतकालिन राहत कोष, विभिन्न समयमा समाजले चलाएको अभियानमा प्राप्त भएको सहयोग रकम र समाजको सदस्यता बितरण बापत प्राप्त भएका आर्थिक रकमहरू नै समाजको आम्दानीको श्रोत रहेको छ ।

बालबालिकाहरूलाई झोलाा, कापी र कलम वितरण गर्दै

यस समाजको भावी योजनाहरू स्वास्थ्य शिविर संचालन गर्ने, एम्बुलेन्स खरिद गरी हस्तान्तरण गर्ने, पर्यटन विकास तथा जातिय सँस्कृतिको संरक्षणमा सहयोग गर्ने, स्वास्थ्य सँस्थाहरुलाई आवस्यक सामग्री हस्तान्तरण गर्ने, कृषकहरुलाई सहयोगका कार्यक्रमहरू संचालन गर्ने लगायत विविध भावी योजनाहरू तयार गरिएको समेत समाजका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

गरीब  असह्यहरूलाई लत्ताकपडा र खाद्यान्न वितरण गर्दै

यस समाज स्थापना भएदेखि हालसम्म गरेका विभिन्न सहयोगहरूको विवरण निम्न रहेका छन् –
१.सामुदायिक अध्ययन केन्द्र च्याङ्थापुलाई रु. २ लाख बराबरका पुस्तकहरु हस्तान्तरण ।

२.फलैंचा निबासी टाउकोको बिरामी श्री जीवन बि.क.लाई रु. १,३६,५२२ नगद सहयोग ।

३.फलैंचा निबासी मृगौला पिडित श्री जुनु लक्सम लिम्बुलाई रु. २,०५,५७९ नगद सहयोग ।

४.फलैंचा निबासी आगलागि पिडीत श्री फर्सुराम दाहाललाई रु. ३१,४८१ नगद र रु. ४,००० बराबरको कपडा सहयोग ।

५.च्याङ्थापु निबासी आगलागि पिडित श्री चन्द्र सिं बेघा लिम्बुलाई रु. ४६,९८३ नगद र रु. ५०० बराबरको कपडा सहयोग ।

६.ओयाम घर भई काठ्माण्डौ बसेर पढ्ने विद्यार्थी श्री इङ्वासेन योङ्यालाई रु. ५,३०० नगद सहयोग ।

७.च्याङ्थापु निबासी आगलागि पिडित श्री कमल राईलाई रु. १,०१,५२० नगद सहयोग ।

८.च्याङ्थापु निबासी एउटा खुट्टा नभएर अपांगता भएकी श्री सरिता तामाङलाई कृतिम खुट्टा लगाउनको लागि रु. १०,००० नगद सहयोग ।

९.च्याङ्थापु निबासी जन्मिदै अपांगता भएका श्री अर्जुन शिवाकोटीलाई रु. ८,००० नगद सहयोग ।

१०.च्याङ्थापु निबासी मृगौला पिडित श्री तिल बहादुर गुरुङलाई रु. ४,१४,७४२ नगद सहयोग ।

११.फलैंचा निबासी बिरामी श्री रमादेवी भट्टराईलाई रु. १०,००० नगद सहयोग ।

१२.फलैंचा निबासी अपांगता भएका श्री मुक्त बहादुर बेघालाई रु. ५,००० नगद सहयोग ।

१३.फलैंचा निबासी बिरामी श्री भिमलाल बेघा लिम्बुलाई रु. ५,००० नगद सहयोग।
१४.च्याङ्थापु र फलैंचाका १६ वटा विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुलाई ब्याग, कापी तथा कलम बितरण ।

१५.च्याङ्थापु र फलैचामा बसोबास गर्ने अति बिपन्न, असहाय, बृद्धबृद्धा, अपांगता भएकाहरु मध्ये ३१ जनालई न्यानो सुरज बितरण ।

१६.विष्णु मा.वि. च्याङ्थापुको होस्टलमा रहेका २० जना नानीबाबुहरुलाई ज्याकेट बितरण ।

१७.च्याङ्थापु निबासी श्री कुल बहादुर तामाङको ४ वर्षिय नातीको उपचारको लागि रु. ५,००० सहयोग ।

१८.च्याङ्थापु र फलैंचामा आयोजित बिभिन्न कार्यक्रमको प्रायोजन स्वरुप रु. २०,००० सहयोग ।
१९.च्याङ्थापु निबासी बिरामी श्री मेघ बहादुर तामाङलाई रु. २०,००० नगद सहयोग ।

२०.फलैंचा निबासी मृगौला ट्रान्सप्लान्ट गरी आजीवन औषधि सेवन गरिरहेका श्री राज कुमार मैनालीलाई रु. ८,५८२ बराबरको औषधि हस्तान्तरण ।

प्रतिक्रिया लेख्नुहोस्