पाँचथर । मेची रार्जमार्ग अन्तरगत पाँचथरको हिलिहाङ ७ भारापाको टाहारीमा पिकअप दुर्घटना हुदाँ पिकअपमा सवार दुईको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिकअप चालक ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका २ बस्ने अन्दाजी ३२ वर्षिय मिलन बिष्ट र सोहि ठाउँमा बस्ने बर्ष २५ कि सिता अधिकारी रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जानकारी दिएको छ । आज बिहान ९:३० बजे फिदिमबाट ताप्लेजुङको थेचम्बु तर्फ खाद्यान्न बोकेर जाँदै गरेको प्र १ ० १००१ च ७६९१ नम्बरको पिकप दुर्घटनामा परेको थियो । पिकअप अनियन्त्रित भइ सडकबाट ५० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएकाे छ । मृतक दुबैको शव जिल्ला अस्पताल पाँचथरको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले जानकारी दिए । साभार केन्जोखबर डटकम ।

प्रतिक्रिया लेख्नुहोस्