३१ जेठ /कोरोना भाईरसको कारण पाँचथरमा लागेको निषेधाज्ञा असाढ ७ गते सम्म थप भएकोछ।

यो भन्दा अगाडि लागेको निषेधाज्ञाको कारण बैंक पाँचथरमा हप्तामा २ दिन मात्र खुल्ने गर्थ्यो ।हप्तामा २ दिन मात्र बैंक खुल्दा याङवरक थर्पु बजारमा रहेको सिभिल बैंकमा स्थानियको भिड लाग्ने गर्थ्यो।

तर पाचौं पटक थपिएको निषेधाज्ञामा भने केही खुकुलो हुने भएकोछ ।बैंक वित्तीय संस्थाहरू हप्ताको चार दिन सोमबार र बुधबार बाहेक दिनको ११ः०० बजे बाट २ः०० बजे सम्म खुल्ला रहनेछन ।यो संगै याङवरक थर्पु बजारमा लाग्ने अनावश्यक भिड भाड पनि केही न्यून हुने बैंकमा घन्टौ लाईन लाग्नु पर्ने झन्झट कम हुने स्थानियले अपेक्षा गरेकाछन।हप्तामा दुई दिन मात्र बैंक खुल्दा भिड भाड बढ्ने र झनै कोरोना फैलने क्रास थियो।

प्रतिक्रिया लेख्नुहोस्