आषाढ १/पाँचथरको याङवरक थर्पु बजारमा सोमबार पिक अप र मोटर साईकल बिच भएको दुर्घटना गुमनाम भएकोछ।

थर्पु बजार बाट गणेश चोक तर्फ गईरहेको मे ११ प ४४६९ पल्सर २२० मोटर साईकल र बिपरित दिशा बाट आईरहेको मे १ प ६७०१पिक अप गाउँपालिका अगाडीको घुम्तिमा ठोकिएको थियो।दुर्घटनाको दृश्य सिसि टिभिमा कैद भए पनि भिडियो फुटेज बाहिर आउन सकेन ।

दुर्घटना हुदा मोटर साईकलमा सवार दुई जनामा एक जना सामान्य घाईते भए पनि अर्का एक जनालाई केही भएन,तर मोटर साईकलमा क्षति पुग्यो ।मोटर साईकल मर्मतको लागि पिक अपले ५३हजार तिर्नु पर्यो साथै सामन्य उपचारको लागि १० हजार पिक अपले तिरेको खुलेकोछ।

के भन्छ्न प्रत्यक्षदर्शी ?
दुर्घटना हुदा नजिक बाट देखेका (नाम नखुलाउने सर्तमा)भने मोटर साईकल तिब्र गतिमा आएको थियो त्यही छेउको देख्नेले मोटर साईकलमा सवारलाई पर पिक अप आउदैछ आउदैछ भनेको तर मोटर साईकलले वास्ता नगरी कुदाएको कारण दुर्घटना भयो।

दुर्घटनामा पिक अपको खासै गल्ती थिएन तर पिक अपले सबै जरिमाना तिर्नु पर्यो।दुर्घटना हुदा मोटर साईकलको धनिले चलाएका थिएनन। दुर्घटना हुदाको चालकको लाईसन थियो थिएन अनुसन्धान हुनु पर्थ्यो एक प्रत्यक्षदर्शीले गुनासो गरे।उल्टै दुर्घटना पछी मोटर साईकलको मालिक आएर पिक अपको चालकलाई एक थप्पड दिएको नाम नखुलाउने सर्तमा एक प्रत्यक्षदर्शीले बताए।

दुर्घटना भएको स्थानियले देखे पनि कुनै सामाजिक सन्जाल फेसबुक समचारमा समेत  आएन ।घटना गुमनाम जस्तै भएकोछ।

प्रतिक्रिया लेख्नुहोस्