पाँचथर – जिल्लामा शुक्रबार छुट्टाछुट्टै घटनामा दुई जनाको र एक जनाको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु भएको छ ।

फिदिम–३, का ३९ वर्षीय जयकुमार राईको सोहि वडाको फुर्सेडाँडामा बिहान दश बजे लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीको भनाई छ ।

त्यस्तै शुक्रबारै फिदिम–१४, खेतघारीकी जमैती राई कुलोमा लडेर मृत अवस्थामा भेटिएकी पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक डम्बर विश्वकर्माले बताए । साभार पूर्व पोष्ट डटकम

प्रतिक्रिया लेख्नुहोस्