असार ७, याङ्वरकफोकस / सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा गएको बाढी पहिरोको कारण ठूलो धनजनको क्षति भएपछि उक्त विपद्का नाममा चन्दा संकलन, राहत वा सहयोग संकलन गरेको पाइएमा एक लाख जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन कार्य भइरहेको पाइएको भन्दै त्यसो नगर्न चेतावनी दिएको हो ।

अनुमति लिई वा नलिई विपद्का नाममा चन्दा, राहत वा सहयोग संकलन गर्ने कार्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१)(ख) अनुसार कसूर हुने भन्दै त्यस्तो कार्य नगर्न र गरिएको पाए प्रशासनलाई जानकारी दिन भनि उक्त विज्ञप्तिमा भनिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यस्तो कार्य गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँ सम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले यस्ता गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको पाइएमा जानकारी वा सूचना नजिकैको प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८४१३९२८८३ मा जानकारी गराइदिन समेत सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्