असार १०/पाँचथरको याङवरकमा लोकल कुखुराको मूल्य घटेकोछ।

पाँचथरको याङवरक ४र ५ मा लोकल कुखुराको मूल्य घटेको हो।सुगुरको मूल्य बढेर गए पनि लोकल कुखुराको मूल्य भने घटेकोछ।

यो भन्दा अगाडी याङवरक ५ को दारिम्बामा लोकल कुखुरा प्रती केजी रु ७०० मा बिक्री हुन्थ्यो यो मूल्य याङवरकको अधिकांश ठाउँहरुमा कायम थियो ।तर अहिले लोकल कुखुराको माग कम भए संगै मूल्य पनि घटेकोछ।

याङवरकको प्राय प्रत्येक घरहरुमा लोकल कुखुरा पाल्ने गर्छन ।तर अहिले याङवरकको विभिन्न ठाउँहरुमा लोकल कुखुराको फर्म खोलिए संगै लोकल कुखुराको मूल्य सस्तिएकोछ।लोकल कुखुराको फर्म बाट प्रती केजी रु ५५० / रु ६०० सम्ममा बिक्री हुने भएकोले उपभोक्ताहरु प्रती केजी रु ७०० लगाउन गाउँ छिर्दैनन ।

याङवरक ५ दारिम्बाको अरुणा जबेगु माबो ६ महिना अगाडी लोकल कुखुरा प्रति केजि रु ७००मा बेचे पनि अहिले रु ६००सम्ममा बेच्न सक्ने बताउछिन।अरुणा जबेगुले घरमा ६० भन्दा बढी लोकल कुखुरा पालेकिछिन।यस्तै याङवरक ५ कै मनिस माबो पहिला जस्तो लोकल कुखुरा बिक्री नहुने गुनासो गर्छन। बजारमा पालिएको लोकल कुखुरा बोईलरले खाने चारो दिएको हुन्छ र छिटो बढ्छ।तर गाउँ घरमा पालिएको कुखुराले आर्गनिक चारो खाएकोले असली लोकल कुखुरा गाउँमै पाईने मनिश माबो दाबी गर्छन ।

यस्तै याङवरक दारिम्बाको दिपेश माबो याङवरकमा लोकल कुखुराको मूल्य सबै ठाउँमा एक नास नहुनुको मार गाउँमा परेको बताउछ्न।

प्रतिक्रिया लेख्नुहोस्